मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १८:३१
वासिङटन डिसी 07:46

भूकम्प पीडितलाई राहत वितरणमा सरकार सुस्त: अध्यक्ष ओली

इनेप्लिज २०७२ वैशाख १९ गते १३:२० मा प्रकाशित

kp-oli1भक्तपुर, १९ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितलाई राहत वितरणमा सरकार सुस्त भएको बताउनुभएको छ ।

अध्यक्ष ओली निवासमा आज दोलखाली नागरिक समाजका अगुवासँगको भेटमा उहाँले सरकारले राहत वितरण र खोजी तथा उद्धार कार्यमा तीव्रता दिन नसकेको बताउनुभयो ।

नेपालमा यति ठूलो विपत्ति एकै पटक आएको र यसलाई व्यवस्थापन गर्न सरकार अल्मिलिएको उहाँको भनाइ छ । सरकारले छिटोभन्दा छिटो वास्तविक पीडितसम्म राहत सामग्री पु¥याउन आफूले प्रधानमन्त्री र गृहमन्त्रीलाई घच्घच्याइरहेको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले नेताहरु गाउँ–गाउँ आएनन् भन्ने जनताको गुनासोमा नेताहरु आफैँ गाउँ घुम्ने नभई राहत सामग्रीको लागि पहल गर्ने बताउनुभयो ।

नेपालमा विनाशकारी भूकम्प जस्तै जातीयता र देशको विखण्डनको विनाश निम्त्याउन खोज्ने पनि सक्रिय रहेको बताउँदै उहाँले त्यस्ता तत्वलाई सच्याउने प्रयास आफूले गरिरहेको बताउनुभयो ।

दोलखाली समाजका प्रतिनिधिले दोलखामा ९५ प्रतिशत घर भूकम्पबाट भत्किएकाले छिटो राहत सामग्री पु¥याउन र पुनःनिर्माणका लागि अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका थिए ।

ओलीले भने पहिलो चरणमा उद्धार र राहतमा प्राथमिकता दिनुपर्ने र पछि मात्रै पुनःनिर्माणको कार्यमा अगाडि बढ्ने बताउनुभयो । यस्ता विपत्तिबाट जोगिन सरकारले सुरक्षित स्थानमा आवासीय क्षेत्र तोेकेर सामूहिक बस्ती विकास गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया