आजको भूकम्पले गोरखामा उद्दारका लागि गएका २५ जना पुरिए
इनेप्लिज
२०७२ वैशाख १९ गते ११:३५ मा प्रकाशित
काठमाडौं, १९ वैशाख । गोरखाको लाप्राकमा भूकम्प जादा उद्दारमा खटिएका २५ जना पुरिएका छन् । जसमा ४ जनाको शव निकालिएको छ ।
२१ जना उद्धारकर्ता अझै सम्पर्कमा नआएको गोरखा प्रहरीले जनाएको छ ।
उनीहरु गत शनिवारको भूकम्पपछि उद्दारका लागि गोरखा गएका थिए । गोरखा गएको यो उद्दार टोली कुन ठाउँबाट आएको हो भन्ने बारेमा केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आज विहान ११ बजेर ३० मिनेटमा लमजुङ र गोरखाको सिमाना बारपाकलाई केन्द्र बनाएर ५.० रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया