पहिरोमा पुरिएका भन्सारका चार कर्मचारीको उद्धार हुन सकेन

इनेप्लिज २०७२ वैशाख १९ गते ११:३३ मा प्रकाशित

20b83e9f9201c9242c89abaa7da77818रसुवा, १९ वैशाख । शनिबारको विनासकारी भूकम्पका कारण पहिरोमा पुरिएका भन्सार विभागका चार जना कर्मचारीको अझै उद्धार हुन सकेको छैन ।

भूकम्पपछि रसुवागढी भन्सार कार्यालयका चार कर्मचारी पहिरोमा पुरिएका थिए । पहिरामा पुरिने कर्मचारीहरुमा तीन जना नायव सुब्बा र एक जना भान्से रहेका छन् । नासु त्रय स्याङ्जा बगालेथोकका गोपाल लामिछाने, स्याङ्जा पुतलीबजारका गङ्गाराम दोरङ्गा र गुल्मीका ख्यालबहादुर अर्याल तथा सिन्धुपाल्चोक घर भएका भान्से प्रेम गिरीको उद्धार हुन नसकेको प्रमुख भन्सार अधिकृत शम्भुबहादुर खड्काले जानकारी दिनुभयो ।

यसैगरी, राम्चे गाविसको पलेकमा स्थानीय २२ जना पहिरोमा पुरिएको आशङ्का गरिएको छ । मैलुङ र रसुवागढीमा पहरोमा पुरिएकाहरुको अवस्था अज्ञात छ । जिल्लामा आजसम्म भूकम्पबाट तीन सय चार जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रसुवागढी भन्सार वरपरका होटल व्यवसायी तथा सवारी जाँचका लागि आएका चालक र सहयोगी चालकहरुको समेत कुनै अत्तोपत्तो छैन ।

प्रतिक्रिया