भारतीय समाजवादी पार्टीबाट राहत
इनेप्लिज
२०७२ वैशाख १९ गते ११:०७ मा प्रकाशित
काठमाडौँ, १९ वैशाख । भारतको समाजवादी पार्टीले यहाँका भूकम्पपीडितलाई राहत सामग्री पठाएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट ८० ट्रक राहत सामग्री भूकम्पपीडितलाई बाँडिएको जानकारी दिइयो । यसैगरी उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले पठाएका उद्धार टोलीले अप्ठ्यारामा परेकालाई उद्धार गरेको छ । पार्टीका राष्ट्रिय सचिव उदयवीर सिंहको नेतृत्वमा आएको ३२ सदस्यीय टोलीले भूकम्प प्रभावित क्षेत्र नुवाकोट, धादिङ र गोरखाको भ्रमण गरी उद्धार तथा राहत वितरण गरेको थियो ।
पार्टीको विद्यार्थी फाँटका अध्यक्ष सुनिल यादवले नेपाली जनतालाई आपत्का बेला सहयोग गर्नु भारतको कर्तव्य हो भन्नुभयो । नेपाल भारत मिलत काउन्सिलका अध्यक्ष समिन अन्सारीले नेपाल भारत मित्रताको फलस्वरुप नै नेपालमा परेको पीडामा मलम लगाउन भारत अग्रसर भएको बताउनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया