लस एन्जलस र सनफ्रान्सिस्कोमा आगामी साता नेपाली दुतावासको घुम्ती प्रशासनिक सेवा केन्द्र संचालन हुने

इनेप्लिज २०७२ वैशाख १९ गते १०:२९ मा प्रकाशित

Nepali Embassy DC

लस एन्जलस र सनफ्रान्सिस्कोमा आगामी साता नेपाली दुतावासको घुम्ती प्रशासनिक सेवा केन्द्र संचालन हुने
लस एन्जलस, १९ वैशाख । क्यालिफोर्नियाका नेपाली समुदायको राहदानी, अन्य प्रशासनिक र कागजी समस्या समाधान गर्न वाशिंगटन डिसीस्थित नेपाली दुतावासका अधिकारीहरु लस एन्जलस र सनफ्रान्सिस्कोमा प्रशासनिक सेवा केन्द्र संचालन गर्ने उद्धेश्यले यसै साता यस क्षत्रेमा आउने भएका छन् । सानडियागोस्थित नेपाली वाणिज्यदुत ऋषि ढकालले दिएको जानकारी अनुसार वाशिंगटन डिसीस्थित नेपाली दुतावासका कार्यबाहक राजदुत ऋषि घिमिरे र द्धितिय सचिव लेखनाथ गौतम लस एन्जलस र सनफ्रान्सिस्कोमा प्रशासनिक सेवा केन्द्र संचालन गर्ने उद्धेश्य सहित यस क्षेत्रमा आगामी साता आउने भएका हुन् । वाणिज्यदुत ढकालले दिएको जानकारी अनुसार नेपाली दुतावासले संचालन गर्ने अस्थाई प्रशासनिक सेवा केन्द्रले महाभूकम्प प्रभावित नेपाली समुदायका लागि तत्काल नेपाल जान आवश्यक रहेकाहरुका लागि स्थलगत हस्त लिखित राहदानी र विभिन्न प्रयोजनको लागि आवश्यक हुने अख्तियारनामा समेत तयार गरिदिने छ । नेपाली दुतावासले संचालन गर्ने अस्थाई प्रशासनिक सेवा केन्द्र लसएन्जलसमा स्थानिय पशुपतिनाथ फाउन्डेसनमा यहि मे ४ तारिख र सनफ्रान्सिस्कोमा मे ३ तारिख संचालन हुने छ । थप जानकारीको लागि वाणिज्यदुत ऋषि ढकालको टेलिफोन नम्बर ६२६ ३२० २४३७ मा सम्पर्क राख्न सक्नु हुने छ ।
नेपाली दुतावासले संचालन गर्ने अस्थाई प्रशासनिक सेवा केन्द्रले दिने सेवाहरु:
:: अस्थाई हस्त लिखित राहदानी
:: विभिन्न प्रयोजनका लागि आवश्यक अख्तियारनामा
आवश्यक कागजात:
साथमा रहेको पुरानो राहदानी
 नेपाली नागरिकता
नेपाली दुतावासको नाउँमा तयार गरिएको अमेरिकी डलर १५० रुपियाको मनि अर्डर
 साथमा रहेको पुरानो राहदानी र नेपाली नागरिकताको फोटोकपी
 ४ थान नियमानुसारको हाल साल खिचेको तस्बिर
 प्रिपेड फिर्ती सुबिधा भएको हुलाक खाम र ट्रयाकिङ्ग नम्बर सहितको
मिति : मे ४ तारिख, २०१५ (लसएन्जलस)
स्थान: श्री पशुपतिनाथ फाउन्डेसन, १०८४३ केनी स्ट्रिट, नर्वाल्क, क्यालिफोर्निया ९०६५०
समय: मध्यान्ह १:०० बजे देखि साँझ : ६: ०० बजे सम्म

प्रतिक्रिया