न्युयोर्क, १ एभरेष्ट टाइम्समा प्रकाशित समाचारलाई लिएर नेपाल आदीवासी जनजाति महासंघ अमेरिकाले प्रकाशन गृहमाथि आक्रमण गरेको एभरेष्ट टाईम्स अनलाईनमा छापिएको छ । महासंघको नेतृत्वबाट आफुमाथी आक्रमण गरेको एभरेष्ट टाईम्सका प्रधान सम्पादक आडछिरिड शेर्पाले वताए । उनका अनुसार महासंघका अध्यक्ष लुईसाड वाईवाले पत्रिकाका सम्पादक ङिमा पाख्रिन र प्रवन्ध निर्देशक तेम्बा दोडबा ह्योल्मो लाई धम्कीपूर्ण व्यवहार गरेको जिकिर गरे ।
वाईवाले आफुमाथी धम्किपूर्ण व्यवहार गरेको सम्पादक पाख्रिन र प्रवन्ध निर्देशक ह्योल्मोले स्वीकारेका छन् । एभरेष्ट टाईम्समा अप्रिल ११ तारिखका दिन प्रकाशित “डा पौडेललाई न्युयोर्कमा विभिन्न जातीय सस्थाको सर्मथन”भन्ने समाचार असत्य भएको भन्दै महासंघको तर्फबाट अध्यक्ष वाईवाले अप्रिल ११ तारिखमा विज्ञप्ति जारी गरेका थिए । त्यसपछि प्रकाशन गृहले समाचार सम्वन्धि अडियो रेकर्ड प्रमाणको रुपमा प्रकाशनमा ल्याएपछि महासंघको अफिसियल इमेलमार्फत अध्यक्ष वाईवाले अप्रिल २७ गते माफि माग्दै तल उल्लेखित इमेल पठाएका थिए ।
अध्यक्ष वाईवाले भने आफुले माफि नमागेको दावी गरेका छन् । आफुसँग माफि मागेको भन्दै प्रशासन गृहले उक्त समाचार संप्रषन गरेपछि पुन महासंघले आफुले माफि नमागेको भन्दै पुन दोस्रो पटक अप्रिल २८ तारिखका दिन विज्ञप्ति प्रकाशित गरेपछि आफुमाथी पटक पटक आक्रमण भएको भन्दै एभरेष्ट टाईम्सले यो समाचार छापेको छ । महासंघका अन्य पदाधिकारी तथा आवद्ध संस्थाबाट भन्दा महासंघको नेतृत्वबाट गैरजिम्मेवारपूर्ण काम भएको एभरेष्ट टाइम्सले वताएको छ । एभरेष्ट टाइम्सका प्रधान सम्पादक पत्रकार आडछिरिड शेर्पा उत्तरअमेरिकामा रहेका पत्रकारहरुको साझा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार हुन् भने प्रवन्ध निर्देशक ह्योल्मो कार्यकारी सदस्य र सम्पादक पाख्रिन साधारण सदस्य छन् ।
स्रोत:रियल खबर
प्रतिक्रिया