सरोज खनालले विरामीलाई १० लाख नगद र २० हजार अन्डा बाढ्ने

इनेप्लिज २०७२ वैशाख १८ गते १२:३५ मा प्रकाशित

DSC01059काठमाडौ । अभिनेता सरोज खनालले आफू सम्बन्ध रहेको खनाल पोल्टी फार्म र नेपाल अन्डा उत्पादक संघसंग मिलेर भूकम्प पीडित विरामीका लागि ठूलो सहयोग घोषणा गरेका छन् ।

घोषणा बमोजिम चितवन, सिन्धुपाल्चोक र काठमाण्डूमा उपचार गराई रहेका भूकम्प पीडितहरुको उपचारमा प्रत्यक्ष सहयोग गर्न नगद रु दश लाख बराबरको आर्थिक सहयोगका साथ करिब २० हजार अन्डा खानका लागि बाडिदैछ ।

यो कार्य आजै शुक्रबार देखि सुरु गरिने सरोजले बताएका छन् । केही महिनाका लागि नेपाल आएका सरोजले महाभूकम्पका कारण अमेरिका फिर्ताको तयारीलाई तत्काल रोक्दै हिजो दिउँसोबाटनै राहतमा जुटेका हुन । वितरण गरिने २० हजार अन्डालाई प्याकिङ्ग गर्न उनी आफै पनि पछि परेनन् ।

‘चितवनमा उपचार गराईरहेका विरामीहरुलाई अन्य साथीभाईहरुले राहत बाड्नु हुनेछ भने म चाँहि टुडिखेल क्षेत्र एवं सिन्धुपाल्चोक पुगेर राहत वितरण गर्दैछु ।’

प्रतिक्रिया