शनिबार, मंसिर २० २०७७
काठमाडौं २०:५०
वासिङटन डिसी 10:05

विश्वकप लिग अन्र्तगत स्कटल्याण्डसँगको खेल सार्न क्यानको आग्रह

इनेप्लिज २०७२ वैशाख १८ गते १२:२८ मा प्रकाशित

DSC01059

काठमाडौं १८ वैशाख । आगामि जुन १० र १२ गतेको लागि तय भएकोे विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्याण्डसँगको खेल केही पछि सार्न नेपाल क्रिकेट संघ क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँग आग्रह गरेको छ ।
विनाशकारी भूकम्पले कीर्तिपुरस्थित इन्डोर हलमा क्षति पुगेको र त्यसले खेलाडीको तयारी प्रभावित भएको भन्दै सोही महिनाको अन्तिमसम्ममा खेल सार्न आग्रह गरिएको हो ।
यसैबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आसन्न टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाललाई सहयोग गर्ने इच्छा देखाएको छ ।
भूकम्पका कारण नेपालले विश्वकप छनोटको आवश्यक तयारी सुरु गर्न सकेको छैन ।
बीसीसीआईले नेपाली क्रिकेटरहरुलाई अभ्यास र तयारीका लागि मैदानसहितको सहयोग गर्ने इच्छा देखाएको हो । बीसीसीआईले नेपालले आवश्यक ठानेमा आफ्नो नेशनल क्रिकेट एकेडेमीमा अभ्या तथा तयारी गर्न दिने बताएको छ ।

प्रतिक्रिया