शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०८:३८
वासिङटन डिसी 21:53

एक सय बीस घन्टापछि उद्धार प्रकरण: ‘रिया’ले दिइन् जीवित सङ्केत

इनेप्लिज २०७२ वैशाख १८ गते ११:३० मा प्रकाशित

किरण भट्टराई
resize_image.php

नयाँ बसपार्कसँगै रहेको हिडेन गेस्ट हाउसमा एक सय बीस घन्टाअघि फसेका १५ वर्षीय किशोर पेम्बा लामा जीवित नै रहेको सङ्केत सशस्त्र प्रहरी बलको तालिमप्राप्त कुकुरले दिएपछि त्यसको चर्चा सुरक्षा क्षेत्र र सर्वसाधारणमा बढ्न थालेको छ ।

त्यसअघि फ्रान्सेली टोलीसहित अन्य टोलीले सो गेस्ट हाउसमा जीवित व्यक्ति नभएको निष्कर्ष निकालेका थिए । सशस्त्रको प्रहरीको ‘रिया’ नामकी कुकुरले जीवितै रहेको सङ्केत गरेपछि हेन्डलर (कुकुरको परिचालनकर्ता प्रहरी)ले तुरुन्तै सशस्त्रको विपत् व्यवस्थापन केन्द्रमा खबर गरे । खबरलगत्तै सशस्त्रको प्रहरी टोली तत्काल उद्धारमा खटिएको थियो । सशस्त्रका प्रहरी निरीक्षक एलबी बस्नेतले जोखिमसाथ भत्किएको संरचनाभित्रै पुगेर लामाको उद्धार गर्न सफल हुनुभएको थियो ।

प्रतिक्रिया