अर्घाखाँचीका राम कुमारबाट भुकम्प पिडितलाई आर्थिक सहयोग प्रदान

इनेप्लिज २०७२ वैशाख १८ गते ११:२५ मा प्रकाशित

10455840_715892291804290_1433125578322586970_n

बैशाख १८
बैदेशिक रोजगारीको लागी अर्घाखाँचीबाट कतारमा आएका एकजना अर्घाखाँचीबाँसीबाट व्यक्तिगतरुपमा ठूलो मात्रामा आर्थिक सहयोग प्रदान भएको छ ।
अर्घाखाँची, सन्धिर्खक ९ कुर धारीचौर निवासी पदम बहादुर नेपालीका छोरा राम कुमार नेपालीले नेपाली रुपैया १ लाख १ हजार १ रुपैया प्रदान गर्नुभएको हो । नेपालमा गएको विनासकारी भुकम्पको अवस्थाबाट उत्पन्न समस्याहरु देख्दा आफु अति नै दुखित भएको र भुकम्पमा परि पिडित भएकाहरुलाई केहि राहत होस भन्ने हेतुले उक्त रकम सहयोेग गरेको अर्घाखाँची सेवा समाज कतारका प्रथम उपाध्यक्ष भुवन केसीसँगको कुराकानीमा बताउनुभयो ।
नेपालको दुर्गम ठाँउका मानिसहरुलाई भुकम्पको कारणले आफना आफन्त गुमाएको पिडा त छदैछ त्यसमा पनि न राज्य न संघसस्था कसैको पनि उपस्थिति नभएको संचारमाध्यममा देखिरहेको र अझै पनि मानिसहरु खुला आकाशमुनि, भोकभोकै र औषधीको अभावमा उपचार विहिन भएको अवस्थाबाट गुज्रिरहेको देख्दा आफु अत्यन्तै दुखित भएको र यस्तो अवस्थामा सवैले आफु सक्दो सहयोग गर्न सकेमा पिडितहरुलाई राहत मिल्ने उहाँ बताउनुहुन्छ ।
विगत लामो समय देखि कतारमा कार्यरत रामकुमारले विगतमा पनि स्वेच्छाले विभिन्न परोपकारी कार्यमा आर्थिक सहयोग गदै आउनुभएको छ । अर्घाखााँची सेवा समाज कतारले सन्चालन गरेको भुकम्प पिडितहरुको लागी आर्थिक संकलन अभियानमा संकलित रकमलाई सस्थाकै पहलमा पिडितहरुलाई हस्तान्तरण गर्ने योजना रहेको बताइएको छ । यो अभियानमा सहयोग गर्नुहुने रामकुमार नेपाली प्रति अर्घाखाँची सेवा समाज, कतार विषेश आभार व्यक्त गर्दै अन्य यस्तै परोपकारी मनहरुबाट पनि सहयोगको अपेक्षा गरेको सस्थले जनाएको छ ।
सम्र्पक गर्न चाहनेहरुले निम्न व्यक्तिहरुलाई सम्र्पक गर्न सक्नुहुनेछ ।
नेसनल दोहा ( युबराज पाण्डे (३०३३४७६७, मुन्ग्लिना (भूबन के। सी। ( ७७६९४२५३, नज्मा ( ठाकुर कुमार परियार ३३१२८८२९,गरफा, रायन ( केदार ( ७७५२२३७१,सनैया (टेक राज थापा ( ६६४२९६४९, सनैया जनारदन नेउपाने ( ६६६७५९२८, अल खोर सुदिप पाण्डे ( ५५८७२९७३,अल खोर कृष्ण शाह (७०१६३३८०

प्रतिक्रिया