भूकम्प पीडित बालबालिकाको उद्दार
चितवन १८ बैशाख । भूकम्पका कारण घरविहीन भएका पाँच जना चेपाङ वालवालिकाको उद्दार गरिएको छ । गामवेसीको चेपाङ संरक्षण केन्द्रले लोथर–४ तापाङका चेपाङ वालवालिकालाई उद्दार गरेको हो । केन्द्रले अनिता चेपाङ,सपना चेपाङ,मेतीमाया चेपाङ,कलम चेपाङ र शिवबहादुर चेपाङलाई उद्दार गरिएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी बताए । भूकम्प पिडित परिवारलाई राहात वितरण गरी अति जोखिममा रहेका ती वालवालिकालाई उद्दार गरी केन्द्रका आश्रय दिईएको अध्यक्ष शर्माले जानकारी दिए । पाँच जना वालवालिका केन्द्रमै आश्रय लिएर पठन पाठन गर्ने शर्माले बताए ।
रत्ननगर उवासंघद्वारा भुकम्प पिडितलाई राहत वितरण
रत्ननगर १८ बैशाख । रत्ननगर उद्योग वाणिज्य संघले गोरखाको बुङकोट पोखरी डाडाका भुकम्प पीडितहरुलाई आज राहात वितरण गरेको छ । संघका अध्यक्ष ज्ञान बहादुर विसुरालको नेतृत्वमा भएको टोलीले पोखरीडा“डाका ६० घरपरिवारलाई ५ लाख बराबरको ५० थान त्रिपाल, १५०० किलो चामल, ५० थान म्याट, १० कार्टुन तेल, २ बोरा नुन, १०० किलो दाल, ५० किलो चिनी, ५० कार्टुन चाउचाउ लगायतका राहत सामाग्रीहरु वितरण गरिएको हो । भुकम्पका कारण घरबार विहिन हुन पुगेका व्यक्तिहरुलाई मानविय सेवाको लागि संघले राहत प्रदान गरेको अध्यक्ष विसुरालले बताए । यसैगरी रत्ननगर उद्योग वाणिज्य संघ अन्र्तगत पूर्र्वी चितवन कुखुरा व्यवसायी संघले एक लाख एक हजार रुपैया जिल्ला प्रशासन कार्यालयको दैविक प्रकोप कोषमा जम्मा गरेको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया