बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १६:११
वासिङटन डिसी 05:26

एनआरएन अमेरिकाका वरिष्ठ उपाधक्ष्य तिवारी भूकम्पपीडितको लागि नेपाल प्रस्थान

इनेप्लिज २०७२ वैशाख १८ गते १०:४७ मा प्रकाशित

loknath-1-800x800

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका वरिष्ठ उपाधक्ष्य ,ब्यबसायी तथा समाज सेवी लोकनाथ तिवारी भूकम्पपीडितको राहत प्रदान तथा सहयोग गर्न नेपाल लागेका छन् l

एनआरएन अमेरिकाको लागि दैबी प्रकोप उद्धार टोलीका संयोजक रहेका तिवारी दोहा हुदै काठमाडौँ पुग्ने दोहा विमास्थल बाट ईनेपलिज़ डटकमलाई बताए l

आफु नेपाल पुगे पछि एन आर एनका सदस्य तथा टोलि संग समन्वय गरि ज्यादा भूकम्प पिडित क्षेत्रमा काम गर्ने योजना रहेको बताउदै एनआरएनले सबै प्रकारका सहयोग गर्ने कुरामा कुनै कसी नछोड्ने बताए l

उनले भने देश दुखेको छ र यो बिपतमा नेपाल आमाको छोरा भएको नाताले नेपाल आमालाई सेवा गर्न पाउनु मेरो सौभाग्य हो भन्दै तन ,मन र धनले भुकम्प पिडितलाई सहयोग गर्ने बताए l

दोहा बिमान स्थलमा प्रतिक्षा गर्ने क्रममा नेपाल आमालाई समर्पित गर्दै एक छोटो कविता समेत रचेका छन् l

यो मनमा भारीचोट छ गहमा आँसु छ भरीयको। कुन नेपाली सपूत होला आज यहाँ नरोयको ।। शोक लाई शक्ती मानी कमीलाको सीको गरौ । मौरी को झै एकजुटताले नेपालको निर्माण गरौ।नेपालको निर्माण गरौ। –

प्रतिक्रिया