बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १७:२१
वासिङटन डिसी 06:36

बोको हरामका अनेकौँ कमान्डर मारिए, अपहरित तीनसय महिलाको उद्धार

इनेप्लिज २०७२ वैशाख १८ गते १०:१७ मा प्रकाशित

boko-haram_07_11_2014अबुजा, १८ वैशाख । बोको हरामका कयौँ कमान्डर सैनिक कारबाहीका क्रममा मारिएका छन् ।

नाइजेरियाको उत्तरपूर्वी भागमा रहेको बोर्नो राज्यको साम्बिसा जङ्गलमा बोको हरामका प्रमुख शिविरमा सैनिक कारवाही हुँदा ती कमान्डर मारिएका हुन् ।

बिहीबार सो जङ्गलमा सेनाले गरेको कारबाहीका क्रममा बोको हरामका ती कमान्डर मारिएका हुन् । साम्बिसा जङ्गलमा उनीहरूले सञ्चालन गरी आएको तालिम केन्द्रलाई पनि सेनाले ध्वस्त पारिदिएको छ ।

नाइजेरियाली सेनाका प्रवक्ता कर्णेल सानी उस्मानले सो जङ्गलमा रहेका उनीहरूको आश्रयस्थल, तालिम केन्द्रका साथै उनीहरूका थुपै्र संरचना ध्वस्त बनाएको जानकारी दिनुभयो ।

बोको हरामले अपहरण गरी सो शिविरमा राखेका करिब ३०० महिलाको पनि सो क्रममा उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।
अपहरणमुक्त ती महिलालाई सुरक्षितस्थल लगिएको जानकारी उहाँले दिनुभयो ।

प्रतिक्रिया