आइतबार, मंसिर १४ २०७७
काठमाडौं १३:०८
वासिङटन डिसी 02:23

प्रधानमन्त्रीले भन्नुभयो: ‘राहत सामग्री छिट्टै पुर्‍याउनुस्’

इनेप्लिज २०७२ वैशाख १८ गते ९:५८ मा प्रकाशित

sushil-koiralaकाठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर भूकम्प प्रभावित स्थानमा तुरुन्त राहत सामग्री पुर्‍याउन नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।

राहत वितरणको अवस्थाका बारेमा बुझ्न आज बिहान विमानस्थल पुग्नुभएका प्रधानमन्त्री कोइरालाले मुलुकभित्रको र बाहिरबाट आएको राहत सामग्री विमानस्थलमा नराखेर तुरुन्त भूकम्प प्रभावित स्थानमा पुर्‍याउन निर्देशन दिनुभयो ।

जिल्ला जिल्लाबाट राहत नपाएको जनगुनासो आइरहेको छ । सो क्रममा प्रधानसेनापति गौरवशम्शेर जबराले प्रधानमन्त्रीलाई हालसम्म प्राप्त राहत सामग्रीको विवरणका साथै सेनाले राहत वितरण गर्दै आएको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया