शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं १५:२३
वासिङटन डिसी 04:38

व्यवस्थापिका–संसद् अधिवेशनमा उपस्थित हुन सूचना

इनेप्लिज २०७२ वैशाख १८ गते ९:३९ मा प्रकाशित

CA-Officeकाठमाडौँ, १८ वैशाख । व्यवस्थापिका–संसद् सचिवालयले यही वैशाख २४ गतेका लागि आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि सांसद्लाई सार्वजनिक सूचना गरेको छ ।

सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज जारी गर्नुभएको सूचनामा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा–१ बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपति डा रामवरण यादवले सो दिन अपराह्न ३ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संसद्को अधिवेशन आह्वान गर्नुभएकाले सांसद्हरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

सचिवालयले यही सूचनाका आधारमा उपस्थित हुन र सम्बन्धित प्रजिअले सोही सूचनालाई आधार मानी आफ्ना जिल्लाका सांसद्लाई खबर गरिदिन अनुरोध गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले व्यवस्थापिका–संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया