भूकम्पमा परी छ हजार बढीको मृत्यु

इनेप्लिज २०७२ वैशाख १८ गते ९:३२ मा प्रकाशित

mrityu]काठमाडौँ, १८ वैशाख । शनिबारको विनाशकारी भूकम्पमा परी आज अपराह्न १ बजेसम्म छ हजार २५४ जनाको मृत्यु र १३ हजार ८४७ जना घाइते भएका छन् ।

काठमाडौँमा एक हजार १३०, भक्तपुरमा २६७ र ललितपुरमा १७१ जनाको ज्यान गुमेको छ भने काठमाडौँमा चार हजार ६३४, भक्तपुरमा एक– एक हजार ८८५ र ललितपुरमा एक हजार ८५ जना घाइते भएका छन् ।

हालसम्म काठमाडौँमा एक हजार ९२, भक्तपुरमा २६६, ललितपुरमा १७१, पूर्व क्षेत्रमा ५१, मध्यक्षेत्रमा तीन हजार ९९९, पश्चिम क्षेत्रमा ३४८ र मध्यपश्चिम क्षेत्रमा दुई जना गरी जम्मा पाँच हजार ९२९ को शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया