भूकम्पपीडितका लागि एक महिनाको तलब
इनेप्लिज
२०७२ वैशाख १८ गते २:०७ मा प्रकाशित
बेनी (म्याग्दी), १८ वैशाख । म्याग्दीका एक व्यक्तिले गत शनिबारको महाभूकम्पबाट पीडित व्यक्तिको राहतका लागि एक महिनाको तलबबराबरको रकम सहयोग गरेका छन् ।
बेनी नगरपालिका–१३ डढुवा निवासी प्रेमबहादुर बानियाँले जिल्ला दैवी प्रकोप उद्धार समितिको कोषमा रु २२ हजार १०१ सहयोग प्रदान गर्नुभएको हो ।
जिविस म्याग्दीअन्तर्गतको स्थानीय विकास कोषमा कार्यरत बानियाँ वैशाख १२ गते काम विशेषले गोर्खाको बारपाक भन्ने ठाउँमा पुग्नुभएको र सोही समयमा भूकम्प आउँदा त्यहाँ देखिएको बीभत्स दृश्यका साथै त्यस्तो आपत्कालीन अवस्थामा पनि त्यहाँका बासिन्दाले आफूप्रति दर्शाएको सद्भावबाट अभिपे्ररित भई भूकम्पपीडितका लागि एक महिनाको तलबबराबरको रकम राहतस्वरुप प्रदान गरेको बताउनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया