आइतबार, मंसिर १४ २०७७
काठमाडौं १५:२८
वासिङटन डिसी 04:43

विश्व फुटवल हस्तीको नेपालीको दुखमा साथ

इनेप्लिज २०७२ वैशाख १७ गते १३:५१ मा प्रकाशित

joanna-lumley-largeकाठमाडौ, १७ बैशाख । नेपालमा गएको महाभुकम्पमा परि ज्यान गएकाप्रति श्रद्धान्जली दिदै विश्व चर्चित फुटवल क्लब बार्सिलोनाका खेलाडीले एक मिनेट मौन धारण गरे र यो महाविपतमा हामी पनि साथ छौ भनेर देखाए । यो क्रम अझै जारी छ । यसैवीच स्पेनिस फुटवल क्लब रियल मड्रिडका खेलाडीहरुले ‘तोदोस् कन नेपाल’ लेखेको टिसर्ट लगाउदै भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झना गरेका छन् । फिफा वर्ष खेलाडी क्रिष्टियानो रोनाल्डो लगायतका खेलाडीहरुले सो टिसर्ट लगाउदै मौनधारण गर्दा, घरेलु मैदानको ठुलो स्क्रिनमा नेपाललाई साथ दिउँ भन्दै ऐक्यबद्दता जनाईएको थियो ।
यस्तै फिफा बर्ष खेलाडी क्रिष्टियानो रोनाल्डो,लिओनल मेस्सी लगायतका फुटबलरहरुले भूकम्पबाट प्रभावित नेपाली बालबालिकालाई सहयोग गर्न आग्रह गरेका छन् । सामाजिक संजाल मार्फत उनीहरुले सेभ दी चिल्ड्रेनको अभियानमार्फत सहयोग गर्न अपिल गरेका हुन्।

प्रतिक्रिया