बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०७:१२
वासिङटन डिसी 20:27

भूकम्प पीडितका लागि बेलायतमा २४ घण्टामा तीन अर्ब संकलन

इनेप्लिज २०७२ वैशाख १७ गते १३:४८ मा प्रकाशित

joanna-lumley-large

काठमाडौ, १७ बैशाख । नेपालमा हजारौको ज्यान लिने र घरबार विहीन बनाउने गरी आएको विनासकारी महाभूकम्प पीडितका लागि अभिनेत्री जोअना लुम्लेले सुरू गरेको राहत संकलन अभियानमा २४ घण्टामा तीन अर्ब रुपैयाँ संकलन भएको छ ।
अभिनेत्री लुम्लेले पहल गरेको डिजास्टर इमरजेन्सी कमिटीले मंगलबार र बुधबार गरी २४ घण्टामा २ अर्ब ९७ करोड रुपियाँ संकलन गरेको हो ।
त्यसमा ९० लाख रुपियाँ बराबरको रकम बेलायती सरकारले थपिदिएको छ । ‘नेपाल अर्थक्वेक अपील’ नाम दिइएको सो अभियानबाट संकलित सहयोगबाट भुकम्पबाट प्रभावित भएका नेपालीहरुलाई खर्च गरिने बताइएको छ ।

प्रतिक्रिया