सिन्धुपाल्चोक जिल्लामा उद्धार र राहत वितरणको काम सँगसँगै

इनेप्लिज २०७२ वैशाख १७ गते ४:४२ मा प्रकाशित

15042802i98mupp8ioबनेपा, १७ वैशाख । सिन्धुपाल्चोक जिल्लामा उद्धार र राहत वितरणको काम सँगसँगै हुन थालेको छ ।

उद्दार र राहत नभएको भनेर आलोचना भइरहेको बेला जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाकको अगुवाईमा उद्धार र राहत कार्य एकैसाथ भएको अञ्चल प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

आज बिहानैदेखि सवारी साधन पुग्ने ठाउँमा सवारी साधनमार्फत उद्धार र राहतको कार्य सुरू भएको उल्लेख गर्दै वरिष्ठ प्रहरी उपरीक्षक सुदिप आचार्यले गाउँगाँउमा प्रहरी परिचालन भएको बताउनुभयो ।

अञ्चल प्रहरी कार्यालय बाग्मतीका अनुसार बिहानसम्म सिन्धुपाल्चोकमा मृत्यु हुनेको सङ्ख्या तीन हजार ५८७ पुगेको छ । घटनामा परी एक हजारभन्दा बढी घाइते भएका छन् ।

भूकम्पका कारण पशु चौपाया पुरिनुका साथै खानेपानीको हाहाकार भएकाले माहामारीको सम्भावना देखिएको डा छितिज सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया