बाहिरी जिल्लाबाटसमेत झिकाई सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोलीद्वारा खोजी कार्य जारी

इनेप्लिज २०७२ वैशाख १७ गते ४:३८ मा प्रकाशित

image.phpकाठमाडौँ, १७ वैशाख । सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोलीले भूकम्पबाट क्षति नभएका अन्य जिल्लामा रहेका सशस्त्र प्रहरी बललाई समेत झिकाएर उद्धार कार्यलाई तीव्रता दिएको छ ।

टोली पूर्वक्षेत्र, मध्यक्षेत्र र सुदूरपश्चिम क्षेत्रको कम क्षतिग्रस्त ठाउँमा रहेका ती सर्च एण्ड रेस्क्यु टोलीलाई काठमाडौँमा भूकम्पबाट भत्किएका संरचना तथा उद्धार कार्यमा परिचालन गरिसकेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट सर्च एण्ड रेस्क्यु टोली तथा सोही तालिम केन्द्रमा रहेको यससम्बन्धी तालिम प्राप्त कुकुर समेत झिकाई खोजी तथा उद्धार कार्यमा परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक छतकुलीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा टोलीले बुधबार रातिसम्म गंगबुको गणेशस्थान इलाकाबाट दुई पुरुषको शव, काठमाडौं बल्खुबाट दुईवटा शव निकालेको छ भने काठमाडौँका विभिन्न स्थानबाट कूल २८ वटा शव निकालेको छ । त्यसमध्ये पुरुष ११ जना तथा १७ जना महिला रहेको उल्लेख छ ।

टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले साँखु, गंगबु गणेशस्थान, बसुन्धरालगायतका क्षतिग्रस्त ठाउँहरुमा जानुभई उद्धार कार्यको प्रगतिबारे स्थलगत जानकारी लिनुभएको छ ।

प्रतिक्रिया