भूकम्पबाट अहिलेसम्म पाँच हजार ४८९ जनाको मृत्यु

इनेप्लिज २०७२ वैशाख १७ गते ४:३२ मा प्रकाशित

vukampa-kavre-300x175काठमाडौँ, १७ वैशाख । विनासकारी भूकम्पमा परी अहिलेसम्म देशभर पाँच हजार ४८९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या अहिलेसम्म १० हजार ९६५ पुगेको छ ।

जसमध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा एक हजार ५८७, नुवाकोटमा ७०७, धादिङमा ५२७, गोरखामा ४०५, काभ्रेमा २७५ तथा काठमाडौँमा एक हजार ३९, भक्तपुरमा २५२ र ललितपुरमा १६८ जनाको मृत्यु भएको छ ।

भूकम्प प्रभावित विभिन्न जिल्लाबाट विवरण आउने क्रम जारी रहेकाले यो सङ्ख्या धेरै बढ्ने अनुमान गरिएको छ ।

आज बिहान ९ बजेसम्म तीनवटा धक्का

यसैबीच आज बिहान ९ बजेसम्म भूकम्पका तीनवटा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ६ः २२ मा धादिङ केन्द्र बिन्दर भएर ४.७ रेक्टर स्केल, ८ः३१ बजे रसुवा केन्द्रबिन्दु भएर ४.७ रेक्टर र ८ः४१ मा ३.९ रेक्टर स्केलको नुवाकोट केन्द्र बिन्दु भएर अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया