चितवनमा राहत सङ्कलनमा राजनीतिक दल
चितवन, १६ वैशाख । शनिबार आएको भूकम्पमा परी प्रभावित भएकालाई राहत दिने उद्देश्यले चितवनका राजनीतिक दलहरुले आजदेखि राहत सङ्कलनको कार्य सुरु गरेका छन् ।
चितवनमा क्रियाशील राजनीतिक दल, उनका भातृ सङ्घ सङ्गठनका कार्यकर्ता, उद्योग वाणिज्य सङ्घसहितको टोलीले नारायणगढको लायन्सचोकबाट राहत सङ्कलनको काम थालनी गरेको हो ।
नेपाली काग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ्को नेतृत्वमा रकम सङ्कलन कार्य सुरु गरिएको हो । रकम सङ्कलनमा नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राप्रपा नेपाल, राप्रपा, माले, जनमोर्चालगायतका पार्टिका केन्द्रीय र जिल्लाका नेताहरू सहभागी रहेका छन् ।
राहत सङ्कलन कार्यमा चितवनबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्को पनि उपस्थिति रहेको छ । स्वेच्छिक रुपमा राहत रकम उठाइएको नेकपा (एमाले) चितवनका अध्यक्ष जगन्नाथ थपलियाले बताउनुभयो ।
पहिलो चरणमा नारायणगढका सबै पसल र कार्यालयमा पुगेर राहत रकम सङ्कलन गरिने उहाँले बताउनुभयो । जिल्लाका भूकम्पबाट प्रभावितलाई सङ्कलित रकमबाट सहयोग गरेर बाँकि रहेमा छिमेकी जिल्लामा समेत सहयोग गर्ने दलहरुले बताएका छन् ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया