काँग्रेसका जिल्ला समितिहरुलाई निर्देशन
काठमाडौँ, १६ वैशाख । नेपाली काँग्रेसले देशमा आइपरेको भूकम्पको महाविपत्तिको सामना गर्न पार्टीका तर्फबाट जनतालाई सबै किसिमका सहयोग पु¥याउन र राहत कार्यको परिचालन र समन्वय गर्न सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।
पार्टीले आफ्नो जिल्लाभित्र एक जिल्ला समन्वय समिति बनाई स्थानीय प्रशासन, स्थानीय सङ्घ–संस्था एवम् सरकारमा रहेका तथा अन्य राजनीतिक दलसँग समेत समन्वय गरी राहत र उद्धार कार्य अघि बढाउने तथा मातहतका सबै भ्रातृ एवम् शुभेच्छुक संस्थालाई राहत र उद्धारमा परिचालन गराउने जानकारी दिएको छ । गाउँ, नगर÷नगर वडामा पनि समिति बनाई विपत्तिको सामना गर्न र सक्रियरुपले राहत सङ्कलन तथा वितरण अभियानमा जुट्न पनि पार्टीले निर्देशन दिएको छ ।
पार्टीद्वारा गठित सरकार र सरकारी निकाय समन्वय समितिका संयोजक तथा पार्टीका उपसभापति रामचन्द्र पौडेलले आज एक निर्देशन जारी गर्दै जिल्लामा भइरहेका सबै गतिविधि, पुनःनिर्माण योजना र समस्याको जानकारी केन्द्रलाई गराउन पनि आग्रह गर्नुभएको छ ।
पार्टीका जिल्ला सभापतिहरुलाई सम्बोधन गर्दै सबै जिल्लामा पठाइएको निर्देशनपत्रमा पार्टीका सहयोगी शुभचिन्तकबाट प्राप्त सहयोग रकम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखाको खाता नं ११३०००३७६३०१ मा जम्मा गर्न पनि आग्रह गरिएको छ ।
बैठकमा नेपाली काँग्रेस भूकम्प पीडित सहयोग कोषको नाममा खाता खोलिएको पनि पत्रमा उल्लेख छ ।
त्यसैगरी काँग्रेसकै नेपाली जनसम्पर्क समिति समन्वय विभागले पनि महाविपत्तिमा परेकाको सहयोगार्थ प्रवासी नेपाली र अन्य क्षेत्रबाट समेत सहयोग जुटाउन अझ बढी क्रियाशील हुन आग्रह गरेको छ ।
समितिका प्रमुख अर्जुनप्रसाद जोशीले जारी गरेको विज्ञप्तिमा विपत्मा परेकालाई राहत र सहयोग पु¥याउन नेका केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा खोलिएको नेपाली काँग्रेस भूकम्प पीडित सहयोग कोषमा सहयोग रकम जम्मा गर्नु हुन सबै जनसम्पर्क समितिलाई आग्रह गरिएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया