मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १५:२६
वासिङटन डिसी 04:41

दक्षिण कोरियामा फेरि सञ्चालकलाई जन्मकैद

इनेप्लिज २०७२ वैशाख १६ गते ११:०८ मा प्रकाशित

image006सोल, १६ वैशाख । दक्षिण कोरियामा गतवर्ष भएको फेरि दुर्घटनापछिको कारबाहीका क्रममा सो फेरिका सञ्चालकलाई जन्मकैदको सजाय सुनाइएको छ ।सो फेरिमा परी कम्तीमा पनि ३०० जनाको ज्यान गएको थियो । सो फेरिको अनुसन्धान गर्दा ती सञ्चालकको पनि गल्ती देखिएको जनाइएको थियो ।सोही मुद्धामा विगतदेखि नै अनुसन्धान जारी रहेको थियो । उनलाई मङ्गलबार सो सजाय सुनाइएको थियो ।सो फेरिमा परेका यात्रुहरुमध्ये अधिकांश स्कुले विद्यार्थी परेका थिए । ती बालबालिकाका आमाबुबाहरुले फेरिका सञ्चालकलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने माग गरेका थिए ।उनलाई यसअघि नै सो सजाय सुनाइएको थियो । तर उनले उक्त सजायका विरुद्धमा त्यहाँको उच्च अदालतमा अपिल गरेका थिए ।सो अपिलपछि पनि दक्षिण कोरियाको उच्च अदालतले उनलाई उक्त सजाय सदर गरेको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ ।उनलाई तल्लो अदालतले पनि ३६ वर्षको सजाय सुनाएको थियो । सो सजायका विरुद्ध उनले उच्च अदालतमा अपिल गरेका हुन् ।सन् २०१४ को अप्रिल १६ मा सो फेरि दुर्घटना भएको थियो । त्यसमा रहेका ४७६ जना यात्रु सबै डुबेका थिए ।ती मध्ये १७२ जनालाई जिवीतै उद्धार गरिएको थियो । रासस÷सिन्ह्वा

प्रतिक्रिया