एमालेले राहत र उद्वारका लागि देशव्यापी कार्यकर्ता परिचालन गर्ने
काठमाडौँ, १६ वैशाख । नेकपा (एमाले)ले विनाशकारी भूकम्पबाट पीडितका लागि सरकारको काममा सघाउँदै देशव्यापीरुपमा कार्यकर्ता परिचालन गरी उद्वार र राहतका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पार्टीले भूकम्पबाट धेरै प्रभावित भएका जिल्लाका सभासद्सितको बैठकपछि सञ्चारकर्मीलाई यस्तो जानकारी दिइएको हो ।
पीडितका लागि उद्वार राहत सञ्चालन गर्नका लागि पार्टीले यसअघि रु ५० लाखको कोष खडा गरेको थियो । कोषमा सहयोग उपलब्ध गराउन महासचिव ईश्वर पोखरेलले सार्वजनिक आह्वान गर्नुभएको छ ।
“सरकारका तर्फबाट उद्वार र राहतका काममा केही कमी कमजोरी भएकाले पार्टीले सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको छ”–उहाँले भन्नुभयो, “अरु सबै काम थाती राखेर उद्वार र राहतका कार्यक्रममा लाग्न पार्टी पङ्क्तिलाई आह्वान गर्दछौँ” ।
उपाध्यक्ष विद्यादेवी भण्डारीले धैर्यधारण गरेर उद्वार र राहतमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । पार्टी संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसित कुराकानी गर्दै नेत्री भण्डारीले सो आग्रह गर्नुभएको हो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया