बेलायतमा नेपाली समाजले सद्धान्जली कार्यक्रम गरे

इनेप्लिज २०७२ वैशाख १५ गते २३:३४ मा प्रकाशित

बेलायतस्थित फोक्सटन नजिकै च्यारिटनको संझना स्मृती पार्कमा नेपालीहरुले र गोर्खा सैनिकहरुले सद्धान्जली कार्यक्रम सम्पन्न गरे । शनिबार बैशाख १२ गते मध्या¥ह करिब ११ बजेर ५६ मिनट तिर गएको महाभूकम्पका कारण धेरै धनजनको क्षति भोग्नु परेको छ भने हजारौ परिवार दुखशोकमा परेका छन । यस्तो आपतकालीन समयमा बेलायतका फोक्सटन र आसफोड शहरमा नेपाली समाजले सद्धान्जली कार्यक्रम गदै समाजले आर्थिक सहयोग र राहत सामग्री संकलन गर्ने निणर्य गरेको जानकारी फोक्सटन समाजका सल्लाहकार गोपाल गिरीले दिनु भएको हो ।

Asford1
गोरखाहरुको पहिलो पुर्व काउन्सिलर धन गुरुङ्गको संयोजन रहेको कार्यक्रममा फोक्सटन मेयर आलन्द नर्थ ,सेपओयका सांम्सद डेमिन कोलीन, काउन्सिलर लिन बोवन, फोक्सटन समाजको अध्यक्ष दिपक काउचा र दोश्रो गोर्खा पल्टनका गोर्खा मेजर प्रेम बहादुर गुरुङ्गले हार्दिक सद्धान्जली र चिर शान्तिको कामना गदै दिप पज्जलन गरेका थिए । गोरखा पल्टनको तर्फबाट विकुल र पाईपर बजाई सकेपछि उपस्थित समारोहले २ मिनट मौनधारण गरेको कार्यक्रम पुर्व काउन्सिलर गुरुङ्गले संन्चालन गरेका थिए ।

folkestone6

व्रिगेड अफ गोर्खाज दोश्रो पल्टनले संमबेदना र शहानुभूतीको निम्ती पल्टनको मंन्दिरमा पुजाआराधाण गदै गोरखा सैनिकहरुलाई उद्घारको निम्ति नेपाल प्रस्थान गराएको हो । व्रिगेड अफ गोरखाबाट कार्यरत सैनिकहरु विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरिरहेका थिए । उक्त आयोजन गोर्खा २०० एभरेष्ट कमिटीका अध्यक्ष व्रिगेडियर ईमान रिज्डेनले जानकारी दिएका छन, अचानक गएको महाभूकम्पका कारणले गर्दा बिशेष कामको लागि खठाईएको समिती सकुशल रहेका बताएका छन ।

विजय हितानको संयोजकमा फोक्सटन समाजले आर्थिक सहयोग र राहत सामग्री संकलन गरी उक्त राहत सामग्रीलाई दोश्रो गोरखा पल्टन मार्फत नेपाल पठाउने निर्णय गरेको बताएका छन ।

प्रतिक्रिया