भैरहवामा भूकम्पपछि जमिन मुनिबाट ग्यास निस्कियो, ज्वालामुखीको हल्लाले त्रास

इनेप्लिज २०७२ वैशाख १५ गते १३:१८ मा प्रकाशित

DSC00824-800x532भैरहवा, १५ वैशाख । रुपन्देही सदरमुकाम भैरहवामा जमिन मुनिबाट अस्वाभाविक ग्यास निस्केको छ । विशेषगरी भुकम्पपछि आउने ग्यास सोमबार एउटा घरको पछाडिको जमिनबाट निस्केको प्रहरीले जनाएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ स्थित अञ्चलपुरको एउटा घरको पछाडि पट्टिको जमिनबाट अस्वाभाविक ग्यास निस्केको हो । स्थानिय प्रेमध्वज मल्लको घरको पछाडि पट्टि निस्केको ग्यासले सबैलाई त्रसित बनाएको छ । सोमबार विहानै ५ बजेदेखि निस्केको ग्यासले १ फिट गोलाकार क्षेत्र तातेको छ । स्थानिय सज्जन राणाले दिएको जानकारी अनुसार विहान ५ बजे ग्यास निस्केको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । अहिले सो क्षेत्रमा वडा प्रहरी कार्यालय भैरहवाबाट प्रहरी निरीक्षक मेखबहादुर कुँवरको कमाण्डमा टोली नै खटिएको छ । सोही क्षेत्रमा भेटिएका प्रहरी निरीक्षक कुँवरले भुगर्वविदले पुष्टि नगरेसम्म के हो भनेर एकिन भन्न नसकिने बताए । ग्यास हेर्न मानिसहरु अहिले भीड नै लाग्ने गरेका छन् । प्रहरीले भीड नियन्त्रण गर्न डोरी बाधेंर राखेको छ । जमिन मुनिबाट ग्यास निस्केको बारेमा बुझ्न जाँदा सो क्षेत्रमा तातो ग्यास निस्किरहेको थियो । मानिसहरु भने ज्वालामुखी वा भूइचाँलो आउने संकेत भन्दै त्रसित भएका छन् । प्रहरी प्रशासनले भने सामन्य अवस्था भएकोले नआतिन सबैलाई आग्रह गरेको छ । स्थलगत अध्ययनमा गएका त्रिवी भैरहवा बहुमुखी क्याम्पस भुगोल विषयका प्राध्यापक उमेशचन्द्र रिजालले जमिन तातेकाले सैफ्टी टैंकी वा जमिन भित्रको तातो पदार्थ हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया