बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०७:४६
वासिङटन डिसी 21:01

पैसा चोरेको आरोपमा फुटबल खेलाडी रेगिनाल्डो पक्राउ

इनेप्लिज २०७२ वैशाख १५ गते १३:१५ मा प्रकाशित

DSC00824-800x532काठमाडौं, १५ वैशाख । बैंकको एटिम कार्डबाट पैसा चोरेको आरोपमा एक फुटबल खेलाडी पक्राउ परेका छन् । कोरिंथियांस फुटबल क्लबका पूर्व मिडफील्डर रेगिनाल्डो रेविल्नो जांडोसोलाई एक एटीएम मसीनबाट पैसा चोर्दै गरेको अवस्थामा ब्राजिल प्रहरीले शनिबार पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार सस्था सिन्हुआका अनुसार ४१ वर्षीय रेगिनाल्डोलाई साओ पाउलोबाट करीब सय किलोमीटर दूरीमा रहेको अमेरिकाना सहरबाट पक्राउ गरिएको हो । उनले २००४ मा ब्राजीलियाई सेरी–ए टूर्नामेंटमा कोरिंथियांसबाट चार खेल खेलका थिए । त्यसको साथै आफ्नो खेल जीवनमा सांतोस र पोंटे प्रेटा क्लबबाट पनि उनले खेलिसकेका छन् । उनलाई प्रहरीले हिरासतमा राखेर अहिले थप अनुसन्धान गरिरहेको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया