शनिबार, मंसिर २० २०७७
काठमाडौं ०२:३४
वासिङटन डिसी 15:49

गायिका सोनिका लामाको ‘पल-पल मरे’ एलबम बजारमा

इनेप्लिज २०७२ वैशाख १५ गते १२:५८ मा प्रकाशित

DSC00824-800x532काठमाण्डौ । गायिका सोनिका लामाको ‘पल-पल मरे’ भिडियो एलबम बजारमा आएको छ । यस अघि थुप्रै पप एबम स्टेज गित प्रस्तुत गरिसकेकी सोनिका लामाको ‘सोनिका’ नामक एल्बममा समावेश रहेको गीतमा दिव्या लामाको शब्द रहेको छ भने रमेश खड्काको संगीत रहेको छ । सार्वजनिक ‘पल-पल मरे’ बोलको भिडियोलाई अनिल थापाले निर्देशन गरेका हुन् भने शिवराम श्रेष्ठले छायांकन गरेका हुन् ।
7भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् । सार्वजनिक भिडियोमा बर्षा सिवाकोटीसँगै अन्य कलाकारहरुले पनि अभिनय गरेका छन् । भिडियोले बर्षाको प्रेमलाई देखाउन खोजेको छ । आफुलाई मन पराउने प्रेमी अर्कै तिर सल्केपछिको पिडा बर्षाले भिडियो मार्फत व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया