शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ११:३२
वासिङटन डिसी 00:47

सावधान ! विनाशकारी भूकम्पले महामारी निम्त्याउन सक्छ

इनेप्लिज २०७२ वैशाख १५ गते ११:५१ मा प्रकाशित

कालिका खड्का

58256ce6e25d9f909a4f00e2bcd6c6ef

विनाशकारी भूकम्पपछि जनजीवन सामान्य बन्दै गएपनि खुल्ला स्थानमा दिनरात काट्दै आएकाले स्वस्थ रहनका लागि सावधान हुनुपर्ने जरुरी छ ।  विनाशकारी भूकम्पका कारण ३५ जिल्लाका मानिसहरु त्रासले घरमा बस्न सकिरहेका छैनन् । ग्रामीण क्षेत्रका अधिकांश घर भत्किएका छन् । कैयौँ मानिसको मृत्यु भएको छ । हजारौँ पशुपन्छी मरेका छन् ।

भूकम्पबाट मरेका जीवजन्तु तथा मानिसका शव सडेर झाडापखालाले महामारीको रुप लिन सक्ने खतरा भएकाले ख्याल राख्नुपर्छ । भूकम्पको त्रासले आश्रय लिँदै खुल्लाचौर, सड्क, खोला किनार, बारीको बसाईका क्रममा जथाभावी फोहोर, दिशापिसाव गर्नाले र हात सफा नगरीकन खानेकुरा खानाले पनि मानिसहरुमा रोग लाग्न सक्छ । 

प्रतिक्रिया