मृतक सातमध्ये छको सनाखत

इनेप्लिज २०७२ वैशाख १५ गते ३:४४ मा प्रकाशित

Bhukampa-Chitwan1-650x488रत्ननगर (चितवन), १५ वैशाख । भूकम्पका कारण चितवन आजसम्ममा सात जनाको मृत्यु भएको जिल्ला विपत् व्यवस्थापन समितिले पुष्टि गरेको छ ।

समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले सात जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

जसमध्ये छ जनाको सनाखत भएको छ । एकजनाको भने परिचय नखुलेको समितिले जनाएको छ ।

पछिल्लो पटक चितवनको लोथर¬–४ मा बाख्रा चराउन गएका बेला माथिबाट ढुङ्गा खसेर स्थानीय दीलबहादुर चेपाङ्को ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ढुङ्गाले च्यापेको अवस्थामा उनको शव निकालिएको प्रहरीले जनाएको छ ।

यस्तै बारा घर भई चितवनको भरतपुर १४ बस्दै आएका रामरिजन यादवको पनि मृत्युभएको छ । भूकम्पका बेला बेहोस भएर ढलेका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्युभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया