उद्धारका लागि १५ टोली परिचालन
इनेप्लिज
२०७२ वैशाख १५ गते ३:४१ मा प्रकाशित
फलेवास (पर्वत) १५ वैशाख । भूकम्पका कारण भौतिक संरचना क्षति भएका कारण उद्धारका लागि जिल्लाबाट १५ वटा सुरक्षा निकायको टोली परिचालन गर्ने निर्णय भएको छ ।
जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले गाउँमा उद्धारका लागि सुरक्षा निकायको १५ टोली परिचालन गर्ने निर्णय गरेको हो ।
गाउँगाउँमा ठूलो सङ्ख्यामा भौतिक संरचना ध्वस्त भएपनि उद्धार हुन नसकेको गुनासो आएपछि संयुक्त सुरक्षा फौजले आज बिहानदेखि नै उद्धारको काम सुरु गर्नेछ ।
उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको २५० जनाको टोली परिचालन हुने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
भूकम्पका कारण झन्डै दुई हजार ५ सय घरमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ५७७ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने ९३६ घरमा आंशिक क्षति भएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया