मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १८:४२
वासिङटन डिसी 07:57

खुला आकाशमुनि बसाइ: सरकारको राहत महसुस नभएको गुनासो

इनेप्लिज २०७२ वैशाख १४ गते १२:२२ मा प्रकाशित
कालिका खड्का / सुशील दर्नाल

960_earthquake_day-31

विनाशकारी महाभूकम्पको त्रासले सहरका विभिन्न खुला आकाशमुनि दिनरात काटेका नेपाली नागरिकले सरकारको राहत महसुस गर्न नपाएको गुनासो गरेका छन् । शनिबारदेखि गएको भूकम्पको त्रासले घरमा बस्न नसकी आआफ्नो आसपासका खाली स्थानमा बस्दै आएका नागरिकले सरकारी राहत नाममा ओतका लागि पाल र पिउने पानीसमेत नपाएको बताएका हुन् । भूकम्प पुनः आइरहने त्रासले खुलामञ्चमा तीन दिनदेखि बस्दै आउनुभएकी रेनु श्रेष्ठले भन्नुभयो, “खै तीन दिनसम्म सरकारी राहतको नाममा पिउने पानीसम्म त पाएका छैनौँ, बस्नका लागि पालको त कुरै छाडौँ ।”

जनतामा चिन्ता र त्रास फैलँदा पनि सरकारले सहयोग नगरेको खुलामञ्चमा बस्दै आएकी हिमा भुजेलले पनि दुःखेसो गर्नुभयो ।

प्रतिक्रिया