बाटो खुल्यो
इनेप्लिज
२०७२ वैशाख १४ गते ११:१४ मा प्रकाशित
चितवन, १४ वैशाख । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चण्डिभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर ५ खहरेमा गएराति खसेको पहिरो पन्छाएपछि दिउँसो पौने २ बजेदेखि अवरुद्ध सडक खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राति साढे दुई बजेदेखि सडक अवरुद्ध भएको थियो । जिप्रका चितवनका प्रमुख प्रहरी उपरीक्षक सहकुल बहादुर थापाले २५ मिटर सडक ढुङ्गा र लेदोले ढाकेकोमा डोजरको सहायताले हटाएर एकतर्फी खुलाइएको बताउनुभयो ।
सडक अवरुद्ध भएसँगै आवतजावत गर्ने मानिस र सवारी अलपत्र परेका थिए । बाटो खुलेसँगै गोरखा, नुवाकोट, धादिङ, रसुवा, लमजुङ लगायतका जिल्लाबाट ल्याइएका घाइते अहिले अस्पताल पुगेका छन् ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया