आइतबार, मंसिर १४ २०७७
काठमाडौं १६:१८
वासिङटन डिसी 05:33

संविधानसभा सदस्यले एक महिनाको पारिश्रमिक दिने

इनेप्लिज २०७२ वैशाख १४ गते १०:०९ मा प्रकाशित

CA_insideकाठमाडौँ, १४ वैशाख । संविधानसभाका सदस्यले भूकम्प पीडितका लागि एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको आग्रहमा सो निर्णय गरिएको हो । संविधानसभामा हाल कायम रहेका सदस्य सबैले सो सहयोग गर्नुपर्ने छ ।

सभाध्यक्ष नेम्वाडका अनुसार त्यसरी प्रदान गरिने सहयोगको राशि रु दुई करोड ५८ लाख २५ हजार ७७० हुनेछ । त्यसमा विपक्षी दलका नेता, विभिन्न समितिका सभापतिको पारिश्रमिकसमेत जोडिएको छ ।

प्रतिक्रिया