बेलायतमा 2RGR ले दिसतबार्षिकी उत्सब मनाए ।

इनेप्लिज २०७२ वैशाख १४ गते ६:३० मा प्रकाशित

DSC_8196

लण्डन बैशाख १४ । बेलायतस्थित फोक्सटन नजिकै आर्मी व्यारेकमा गोर्खा सैनिकहरुले बेलायती राजमुकुटको सेवा गरेको २०० बर्ष पुगेको उपलक्ष्यमा दिसतबार्षिकी उत्सब भव्यताको साथ मनाए । उक्त उत्सबमा गोर्खा सैनिकहरुको ईतिहास र पहिचान झल्काउने जस्मा व्रिटिस सेनामा भर्ना हुने छनौट प्रकृया, सास्कृतीक नित्य, मार्शलआर्ट साथै लडाईमा गोर्खालीको विरता र योगदान जस्ता कृयाकलापहरु समेटीएका थिए ।
मेजर प्रेम गुरुङ्ग ,गोर्खा मेजर 2RGR

DSC_8253
G200 को आयोजना गर्नुको मुख्य उदेश्य र दिसतबार्षिकी उत्सब समारोहको उपलक्ष्यमा कस्ता कस्ता कृयाकलापहरु भईरहेका छन भन्ने सन्र्दभमा मेजर गुरुङ्ग बताउनु हुन्छ ।
आजको दिनमा 2RGR ले विशेष उत्सब मनाउनुको उदेश्य भनेको विर पुर्खाहरुले जसरी आफनो बलिदान र योगदान दिएर गोरखालीहरुको नाम आज सम्म उच्च स्थानमा राखेका छन । हामीहरुलाई गोरखा भनेर संसारभरी चिनाउनका लागी जुन योगदान पुर्खाहरुले दिनु भयो यसै योगदानलाई कदर गर्न यो महत्सब मनाईरहेका छौ । यसै शिलसिलामा G200 को अवशरमा व्रिगेड अफ गोर्खाजका कार्यरत सैनिकहरुले सम्भवत पहिलो पल्ट विश्वको अग्लो शिखर सगरमाथा आरोहण साथै उतरी धु्रबतिर पुग्ने जस्ता चुनौती पुर्ण कार्यहरु भईरहेको छ ।

DSC_8216
जब व्रिटिस ईन्डियाले नेपालको सिमाना नाघेपछिको युद्धमा गोर्खालीहरुको बहादुरी, निडरपना र अदम्य साहस देखेपछि लडाई छाडी सुगौलीसन्धी गरेर गोर्खाहरुलाई सन १८१४ देखि बेलायती सेनामा भर्ना गर्न थालिएको हो । ब्रिटिस सेनामा कार्यरत रहदा गोर्खालीहरुले पहिलो विश्व युद्घ र दोश्रो विश्व युद्घ देखि लिएर विभिन्न युद्धहरुमा मुख्य भुमिका निभाउदै आईरहेका छन ।

DSC_8181यसै क्रममा गोर्खालीहरुले लडाईमा विरतापुर्वक लडेबापत बेलायतको तर्फबाट प्रदान गरिने सर्वोच्च पदक भिक्टोरिया क्रस, हाल सम्म १३ जना गोर्खालीहरुले प्राप्त गरिसकेका छन । यसका अतिरिक्त मानविय उद्धार र शातिसेवा जस्ता कार्यहरुमा पनि गोर्खालीहरुले उच्च स्तरीय भुमिका निभाउदै आएको ज्वलन्त उदाहरणहरु छन । G200 उत्सबको उल्लेखित उदेश्यहरुको अलबा, स्थानिय बेलायती नागरिकहरुलाई यस्तो उत्सबमा सहभागी गराई गोर्खालीहरुको विषयमा चिनारी दिनुको साथै गोर्खा कल्याण कोषको विस्तार गर्नु अर्को महत्वपुर्ण पक्ष हो ।

DSC_8157

प्रतिक्रिया