शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १०:१६
वासिङटन डिसी 23:31

नेपाल सहयोगको लागि नेपाली समाज टेक्सासको पहल अमेरिकाकामा

इनेप्लिज २०७२ वैशाख १४ गते ६:१५ मा प्रकाशित
_BRN3488
अमेरिका मा मध्य रात हुँदा नेपालमा विनाशकारी भुकम्प गई धेरै जनाको मृत्यु भएको तथा ठूलो धन-जन को क्षती भएको खबरले अमेरिकामा रहेका धेरै नेपाली समाजहरु अब प्रबाश बाट नेपाललाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा कसरी अघि बढ्ने  कुरामा कुहिरोमा रुमलिएको काग झैँ भयो ४ -५ घण्टा। सबै आ-आफ्ना र आफन्तहरुको खोजी मा र खबर बुझ्न लागे।
news6
यो सन्नाटा चिर्दै नेपाली समाज टेक्सास (NST) ले टेक्सास राज्यमा रहेको सबै संघ संस्था तथा व्यक्तिहरुलाई सार्बजनिक आव्ह्वान गरी बैठकको आयोजना गर्यो। झन्डै २०० जनाको सहभागितामा बसेको बैठकले यस क्षेत्रमा कार्यरत १२ संघ संस्थाहरुका अध्यक्षहरु सदस्य रहने गरि NST का अध्यक्षको अध्यक्षतामा कमिटि बनि आर्थिक संकलन शुरु गरियो र २४ घण्टा नबित्तै झन्डै १३००० डलर संकलन भएको जानकारी गराइएको छ। आर्थिक संकलनको निमित्त www.ournst.org वेबसाइट मार्फत डेबिट, क्रेडिट कार्ड बाट वा NST का नाम मा चेक वा नगद वा जिन्सी सामग्री पनिDonate गर्न सकिने छ।
news4
त्यसै गरि NST ले आज अर्को बैठक गरि आज नेपाली समाज का पूर्व अध्यक्ष गौरीराज जोशीको नेतृत्वमा अञ्जन श्रेष्ठ, रबिन शर्मा सहित २५ जना  Volunteer नेपाल पठाउन लागेको जानकारी समाज का महासचिब विजयराज भट्टराईको अपिलमा जनाइएको छ। यस टीमले न्युनतम आबस्यकताका मेडिकल सामग्री तथा ओढने, ओछ्याउने समान लिएर जाने समेत बताइको छ। यसको निमित्त सोमबार देखि बिहिबार सम्म नेपाली समाजको कार्यालय बिहान १०:३० देखि साँझ ७:३० सम्म खुल्ला रहने जनाइएको छ।
त्यसै गरी नेपाली सांस्कृतिक तथा आध्यत्मिक केन्द्रको आव्हानमा नेपाली मन्दिरमा मृत आत्माको शान्तिको कामना गर्दै शोक सभा को आयोजना गरियो भने साँझ ७ बजे दीप प्रज्वलन गरियो। यी तिनवटै कार्यक्रममा गरि झन्डै १५०० नेपालीहरुको सहभागिता रहेको थियो।
news3
उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका  केद्रीय सस्दय एबम्  वेस्ट टेक्ससका सभापति हरिबोल भण्डारीले देश यस्तो बिपदको घडीबाट गुज्रीरहेको अवस्थामा नेजसले प्रत्यक्ष रुपमा राहत पुराउन नेजस अमेरिकाका  सभापति आनन्द विष्टको नेतृत्वमा आफु सहितको टोलि नेपाल जाने कुरा बताउनु भयो I
 
भखरै प्राक्त जानकारी अनुसार यूलेस नेपाली समाज परिवारको तर्फबाट ६००० डलर सङ्कन गरिएको जानकारी समाजसेबी टिका पौडेलले मिडियालाई जानकारी गराउनु भयो भने समाजसेबी अम्बिका राउतले १००० डलर तथा  टेक्सास नेपाल  परोपकार समितिको तर्फबाट २००० डलर सहयोग गरेको कुरा बताउनु भयो I
 
यस दुखद घडीमा मृत आत्मा को चीर शान्तीको कामना गर्दै सम्पूर्ण शोक-शन्तप्त परिवारलाई धैर्य धारण गर्ने क्षमता इश्वरले प्रदान गरुन हामी सम्पूर्ण यहि कामना  गर्दछौ।
_BRN3520

प्रतिक्रिया