नेपाली मन भक्कानो छोडी रोएको छ
प्राकृतिक सुन्दरताको देश नेपाललाई आज त्यही प्रकृतिले नाटकीय रुपमा उठनै नसक्ने गरी थला पारेको छ ! यस विनासकारी प्राकृतिक बिपत्तिले प्रतेक नेपालीको मुटु छेडेको छ ! हज़ारों सपुत गुमाएको छ भने अनगिन्ती घरवार विहीन भएका छन! यस सुन्दर देशका कर्मठ देशबासीले आफ्नो छातीमा च्यापी संरक्षण गरी राखेको अमुल्य पौरातान्त्रिक मठ मन्दिर समेत बिनास भएकोछ ! नेपाली संस्कृति र नेपाली भावना संग प्रत्यक्ष सरोकार राख्ने यी सॉस्कितिक धरोहरहरूको मूल्य कहिल्यै पूर्ति गर्न सकिने छैन !
जनकपुरको जानकी मंदिर. बसन्तपुर दरवार. धरहरा, भक्तपुर र पाटनका ति अमूल्य र अतुलनिय नेपाली धरोहर गुमाउंदाको पिडाले विश्व नै सोकाकुल वनेको छ ! पोखरा, लाड्टाग, गोरखा, लमजुड्ग लगायत अन्य जिल्लाको क्षतिको अनुमान गर्दा जिउ नै सिरिड्ग हुन्छ! किन यस देशलाई पटक पटक यस्ता विपत्तिमा होमिन्छ ? भगवान पशुपतिनाथले कहि कतै अन्याय पो गरे की ?
सगरमाथा र गौतम बुद्दको यो देशमा प्राकृतिक बितन्डनाले क्षत विक्षत यो नेपाली मन भक्कानो छोडी रोएको छ र भगवानलाई आग्रह गर्छ-“दुखी को घर मा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुख दे” !
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया