मातृभूमि नेपालमा गएको विनाशकारी महाभूकम्प पिडित परिवारको लागि सहयोगको अपिल”

इनेप्लिज २०७२ वैशाख १२ गते २३:४९ मा प्रकाशित

7.8-Magnitude-Earthquake-in-Nepal-Kills-Hundreds-and-Levels-Buildings

आदरणीय दक्षिण क्यालिफोर्निया निवाशी
नेपाली समुदायका दाजु भाइ तथा दिदि बहिनीहरु,

गोरखा जिल्लाको उत्तरीक्षेत्र वारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्पले काठमाडौँ उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रमा ठुलो जनधनको ठूलो क्षति पुर्याएको छ । शनिबार बिहान ११.५६ मिनेटमा गएको विनाशकारी महाभूकम्पले काठमाडौँको ऐतिहासिक धरहरा, हनुमानढोकास्थित सात तल्ले दरवार, हनुमानढोका दरवार, काष्ठमण्डप, जैसीदेवल, ललितपुरको लगनखेल, पाटक दरवार क्षेत्र र भक्तपुर दरवार क्षेत्र र भित्री बस्तीका घर ढलेर जनधनको ठूलो क्षति पुगेको छ । पछिल्लो बिबरण अनुसार अहिले सम्म १५०० जना भन्दा बढीको मृत्यु भइसकेको छ । हजारौको ज्यान लिने विनाशकारी महाभूकम्पले मातृभूमि नेपाल प्राकृतिक महाविपत्तिको शोकमा डुबेको छ । हजारौ बेघर बनेका छन्, आनाथ बनेका छन् । घाइतेहरु पीडामा जलिरहेका छन् । प्राकृतिक महाविपत्तिको शोकमा पिडित परिवार प्रति समबेदना ब्यक्त गर्दै प्राकृतिक महाविपत्तिको यो पिडामा दक्षिण क्यालिफोर्निया निवाशी नेपाली समुदायको तर्फबाट अबिलम्ब राहत प्रदान गर्ने उद्देश्यले मातृभूमि नेपालमा गएको विनाशकारी महाभूकम्प पिडित परिवारको लागि स्थानिय सबै संघ संस्थाहरुको प्रतिनिधित्व रहने गरि जेष्ठ नेपाली अमेरिकन वेदभक्त जोशी संयोजक र राजेन्द्र सिवाकोटी सदश्य सचिव रहेको सहयोग समिति गठन गरिएको छ । स्थानिय सबै संघ संस्थाहरुले समेत यसमा यथासक्य पहल गर्नु हुनेछ भन्ने अपेस्खा राखिएको छ ।
मातृभूमि नेपालमा गएको विनाशकारी महाभूकम्प पिडित परिवारको लागि सहयोग गर्न इच्छुक सम्पूर्ण आदरणीय दक्षिण क्यालिफोर्निया निवाशी नेपाली समुदायका दाजु भाइ तथा दिदि बहिनीहरुलाई तल उल्ल्खेइत नाम र नम्बरमा सम्पर्क राख्नु हुन सादर अनुरोध गर्दछौ ।
मातृभूमि नेपालमा गएको विनाशकारी महाभूकम्प पिडित परिवारको लागि सहयोग गर्न गठित समितका सदश्यहरु:

१. संयोजक: बेदभक्त जोशी : ३१० ५३० २४०
२. सदश्य सचिब : राजेन्द्र सिवाकोटी : ५६२ २९३ ५५५४
३. ऋषि ढकाल : नेपाली वाणिज्य दुत सान डियागो, क्यालिफोर्निया : ६२६ ३२० २४३७
सदश्य:
४. भक्त थापा : ५६२ ३०४ ८९७०
५. शारदा श्रेष्ठ : ५६२ ५५६ ३८९८
६. दिल बहादुर श्रेष्ठ : ५६२ ३७६ ०७३५
७. बलराम थापा : ५६२ ३०४ ८१४६
८. पुरुषोत्तम ढकाल : ३२३ ७१७ ७४४५
९. शान्तिराम ढकाल : ५६२ २२१ ४४७२
१०. गोकुल पौड्याल : ८१८ ६२६ १९००
११. सुर्य मानन्धर : ३१० ७१४ ६५७८
१२. मदन पाठक : ५६२ ३७५ २२८४
१३. दिल श्रेष्ठ : ६२६ २२७ ४८७९
१४. राम बाबु पाण्डे : ५६२ ४१३ ०८००
१५. ज्ञानेन्द्र गुरुङ : ८१८ २८५ ९७९३
१६ .बखान थापा : ७१४ ६१८ १६८५
१७. मुकुन्द ढुंगाना : ५६२ २४२ ६६७६

पुनश्च : मातृभूमि नेपालमा गएको विनाशकारी महाभूकम्प पिडित परिवारको लागि सहयोग गर्न इच्छुक सम्पूर्ण आदरणीय दक्षिण क्यालिफोर्निया निवाशी नेपाली समुदायका दाजु भाइ तथा दिदि बहिनीहरुलाई स्थानिय पशुपति फाउन्डेसन मार्फत अबिलम्ब राहत पुर्याउने प्रयास रहेको हुँदा इच्छुक दाताहरुले फाउन्डेसनको नाममा नगद वा चेक उपलब्ध गराउन सक्नु हुनेछ वा फाउन्डेसन कार्यालयमा सम्पर्क राख्नु हुन सादर अनुरोध गर्दछौ ।

विनित: मातृभूमि नेपालमा गएको विनाशकारी महाभूकम्प पिडित परिवारको लागि सहयोग समिति
पशुपति फाउन्डेसनको कार्यालय, नर्वाल्क, लस एन्जलस

प्रतिक्रिया