शनिबार, मंसिर २० २०७७
काठमाडौं १८:२०
वासिङटन डिसी 07:35

एनआरएन अमेरिकाको अध्यक्षमा डा केशव पौडेल बिजयी

इनेप्लिज २०७२ वैशाख १२ गते २३:३४ मा प्रकाशित

keshab paudel

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ५ जना प्रतिस्प्रद्धिलाई उछिन्दै अध्यक्ष पदमा डा केशव पौडेल निर्वाचित भएका छन l अध्यक्ष पदमा करिब १० जनाले उम्मेदवारी दिने घोषणा गरे पनि अन्तिम समयमा अध्यक्षको दौडमा जम्मा ६ जना मात्र उम्मेद्वारहरु मैदानमा उत्रिएका थिए l

मतदान अप्रिल १६ देखि अप्रिल २० तारिख मध्ये राती सम्म बिधुतिय मतदान तथा मतपत्र मतदान गरिएको थियो l शनिबार सम्पन्न मत गणना अनुसार डा पौडेलका निकटतम प्रतिद्वन्दी गणेश कुँवर दोश्रो स्थानमा रहेका थिए l

प्रतिक्रिया