कार्कीले पावर लिफ्टिंग (तागत उत्तोलक )प्रतिस्प्रद्धामा दोश्रो स्थान हासिल गरे

इनेप्लिज २०७२ वैशाख १२ गते २:३७ मा प्रकाशित

rup karki 2

वाशिंगटन डिसी महानगर क्षेत्रमा झन्डै १ दशक देखि बसोबास गर्दै आएका नेपाली मुलका रुप कार्कीले गत अप्रिल १८ तारिखमा वेस्ट भर्जिनियामा भएको युएस राष्ट्रिय पावर लिफ्टिंग (तागत उत्तोलक )प्रतिस्प्रद्धामा दोश्रो स्थान हासिल गरेका छन् l

झन्डै ५० जना जति क्यानाडा र अमेरिका बाट आएका प्रतिस्प्रद्धिलाई उछिन्दै उनि उप बिजेता बन्न सफल भएका छन l सम्भवत नेपाली समुदाय बाट प्रतिस्प्रद्धामा भाग लिने उनि पहिलो नेपाली बन्न पुगेका छन् l उनले दोश्रो स्थान हासिल गरे पछि आफु यसरि यति धेरै जना बीच पुरस्कार प्राप्त गर्छु भन्ने लागेको थिएन भन्दै यसले आफु उत्प्रेरित भएको बताए l

यो प्रतिस्प्रद्धाको आयोजना १०० पर्सेन्ट र(raw ) पावर लिफ्टिंग महासंघले आयोजना  गरेको हो l १९९९ मा स्थापना भएको यो संस्था लागु औषधि मुक्त संस्था हो l जसले पावर लिफ्टिंग (तागत उत्तोलक )प्रतिस्प्रद्धा अमेरिकाको पूर्व क्षेत्र (कोस्ट)मा गराउने गर्छ भने भारत ,ब्राजिल ,सर्बिया ,टर्की ,उक्रेन ,चिन तथा एसियाली मुलुक संग अन्तर राष्ट्रिय सम्बन्धन रहेको छ l

rup karki 1

प्रतिक्रिया