मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०५:१६
वासिङटन डिसी 18:31

डिसीमा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ वैशाख ११ गते २२:४१ मा प्रकाशित

unnamed (3)

डिसी महानगर क्षेत्रको भर्जिनियामा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी संग नया बर्ष २०७२ को शुभ अवसरमा नेपाली जन सम्पर्क समिति भर्जिनिया शाखाको आयोजनामा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी हाल अमेरिकाको भ्रमणमा रहनु भएको अवसरमा उक्त कार्यक्रमको चाजो मिलाईएको नेपाली जन सम्पर्क समिति भर्जिनिया शाखाले जनाएको छ l

उक्त कार्यक्रममा केसीले मन्तब्य राख्दै अब बन्ने संबिधानले सबैको भावनालाई प्रतिनिधित्व गर्ने छ भन्दै यहि २०७२ साल भित्र संबिधान आउने बताउनु भयो l

केसीले अझ अगाडी विचार व्यक्त गर्दै एकिकृत माओबादी प्रति लक्षित गर्दै संबिधानलाई एकिकृत माओबादीले दलको दस्ताबेज बनाउन प्रयत्न गरि रहेको आरोप लगाउदै अब बन्ने संबिधान कुनै दलको भन्दा साझा दस्ताबेज हुनु पर्ने कुरामा जोड दिनु भयो l

unnamed

केसीले एमाओबादीलाई समय दिने नाममा संबिधानसभालाई बन्धक बनाउने पक्षमा कांग्रेस नरहेको स्पष्ट पार्नु भयो l दलमा मेरो मान्छे र तेरो मान्छे भन्ने प्रवृतिको कारण नेताहरु प्रभावित भएको उल्लेख गर्दै त्यसको प्रत्यक्ष प्रभाव दलमा परेकोले त्यो दुर्भाग्य रहेको बताउनु भयो l

वहाले हतारमा निर्णय लिएर फुर्सदमा पछुताउनु भन्दा धैर्य गरि लामो समय सम्मको लागि ढुक्क हुने निर्णय गर्ने सोचमा कांग्रेस रहेको बताउनु भयो l

उक्त अन्तरक्रिया कार्यक्रममा राम मिश्रले कार्यक्रम बारेमा जानकरी गराएका थिए l कार्यक्रम संचालन बिपिन उप्रेतीले गरेका थिए भने स्वागत मन्तब्य टंक दाहालले गरेका थिए l

कार्यक्रममा शारदा सिलवाल ,सागर कंडेल ,कृष्ण शर्मा पौड्याल ,केशव बराल ,लगायतले मन्तब्य राखेका थिए l कार्यक्रममा दधि ढुंगानाले प्रमुख अतिथि अर्जुन नर सिंह केसीलाई गैर आवासीय नेपाली संघको कार्य योजना प्रस्तुत गरेका थिए l

कार्यक्रमको सभापति नेपाली जन सम्पर्क समिति भर्जिनिया शाखाका सभापति राम शरण हुमागाईले गरेका थिए l

unnamed (4)

unnamed (2)

unnamed (1)

प्रतिक्रिया