शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १३:५३
वासिङटन डिसी 03:08

भारतलाई हराउँदै नेपाल फाइनलमा

इनेप्लिज २०७२ वैशाख ११ गते १७:५४ मा प्रकाशित

काठमाडौं, ११ वैशाख । नेपाल काठमाडौंमा जारी एएफसी यु–१४ क्षेत्रीय महिला फुटबलको फाइनलमा पुगेको छ ।शुक्रबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा चिरपरिचित प्रतिस्पर्धी भारतलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपाल १–० ले विजयी भयो ।खेलको ४६औै मिनेटमा निर्मला उपाध्यायले गरेको गोल नै नेपाललाई जिताउन निर्णायक गोल बन्यो । यसअघि नेपालले समूहमा शतप्रतिशत नतिजा निकाल्नेक्रममा इरान, माल्दिभ्स र श्रीलंकालाई हराएको थियो ।फाइनलमा नेपालले इरान र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया