तस्करीको आरोपमा चर्चित हिरोइन पक्राउ
इनेप्लिज
२०७२ वैशाख ११ गते १७:५२ मा प्रकाशित
मुम्बई । रक्तचन्दन तस्करको आरोपमा साउथ स्टार एक हिरोइनलाई प्रहरीले पक्राउ गरेको छ । तेलुगू हिरोइन नीतू अग्रवाललाई रक्त चन्दन तस्करमा संलग्न रहेको भन्दै हैदराबाद स्थित घरबाटै पक्राउ गरेको हो । पक्राउ गरेपछि थप अनुसन्धानका लागि प्रहरीले शुक्रबार नीतूको घरमा छापा मारेको छ । उनले रक्तचन्दन तस्करको खातामा पैसा हाल्ने निकाल्ने काम गर्दै आएको हैदरावाद प्रहरीले जनाएको छ । नीतूले साउथको हिट चलचित्र ‘प्रेमा प्रायाणाम’मा काम गरीसकेकी छन् । केही दिन अगाडी प्रहरीले उनका साथी मस्तान वलीलाई समेत गिरफ्तार गरेको थियो । हैदरावाद प्रहरी कार्यालयका प्रहरी अधीक्षक रवि कृष्णाले हिरोइन नीतू विरुद्ध तस्करको आरोपमा मुद्दा दर्ता गरिएको जानकारी दिए । एजेन्सी
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया