आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०७:१२
वासिङटन डिसी 20:27

लोकतन्त्र दिवस: उपराष्ट्रपतिको चियापान

इनेप्लिज २०७२ वैशाख ११ गते १३:१७ मा प्रकाशित

parmananda jhaकाठमाडौँ, ११ वैशाख । उपराष्ट्रपति परमानन्द झाले लोकतन्त्र दिवसका अवसरमा आज आयोजना गर्नु भएको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा राष्ट्रपति डा रामबरण यादव सरिक हुनु भयो ।

सो अवसरमा प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका उपप्रधानमन्त्री वामदेव गौतम, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, कुटनीतिक नियोगका प्रतिनिधि, दलका नेताको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपराष्ट्रपति झाले अर्को लोकतन्त्र दिवस अगाबै देशमा नयाँ संविधान आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले लोकतन्त्र दिवसका उपलक्ष्यमा देशमा संविधान बनोस् शान्ति छाओस् भनेर कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो लोकतन्त्र दिवस पश्चात विना संविधान अर्को लोकतन्त्र दिवस मनाउन नपर्ला । आजको दिनले सबै नेपालीको सुखशान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछु ।”

प्रतिक्रिया