मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १६:३८
वासिङटन डिसी 05:53

नवौँ लोकतन्त्र दिवस: नयाँ संविधानको चाहना अधुरै

इनेप्लिज २०७२ वैशाख ११ गते १०:५७ मा प्रकाशित

Lok-tantra-diwasजनआन्दोलनमा लाखौँ जनता सडकमा उर्लेर प्राप्त गणतन्त्र, सङ्घीयता, समावेशी लोकतन्त्र र धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्ने नयाँ संविधान जारी हुन नसक्दा आन्दोलनमा उत्साही भएका जनता यतिखेर निरास देखिएका छन् ।

लोकतन्त्र स्थापनाको नवौँ वर्षसम्म राजनीतिक रुपमा एक राष्ट्रपति, एक उपराष्ट्रपति, सात प्रधानमन्त्री, सयौँ व्यक्ति मन्त्री भए र दुई संविधानसभाको निर्वाचन पनि भयो तर जनताले खोजेको एक थान लोकतान्त्रिक संविधान भने जारी हुन सकेन ।

मुलुकमा बढ्दै गएको हत्या हिंसाको राजनीति र निरङ्कुश राजतन्त्रको पृष्ठभूमिमा २०६२ चैत २४ देखि २०६३ वैशाख ११ सम्म १९ दिन चलेको आन्दोलनमा मुलुकको उज्ज्वल भविष्यका लागि जनताले जिउज्यानको बलिदानी गरे पनि उक्त जनमतले सार्थकता नपाउँदा सबैलाई चिन्तित तुल्याउनु स्वाभाविकै हो ।

प्रतिक्रिया