सरसफाइमा बालबालिका अग्रसर

इनेप्लिज २०७२ वैशाख ११ गते २:५० मा प्रकाशित

Morang_district_location_mapपथरी (मोरङ), ११ वैशाख । मोरङको हात्तीमुडा गाविसका बालबालिका गाउँघरको सरसफाइमा लागेका छन् ।

जथाभावी हुने फोहोरमैला र खुल्ला दिशामुक्त गाउँ बनाउनका लागि बालबालिका सरसफाइमा जुटेका हुन् ।

हात्तीमुडा गाविसमा रहेका ११ बाल क्लब अहिले सरसफाइ अभियानमा छन् । सरसफाइ अभियानको नेतृत्व स्थानीय प्रगति बाल क्लब र मनमोहन स्मृति बाल क्लबले गरिरहेका छन् ।

गाउँघरमा सरफाइसम्बन्धी चित्रकला, नाटक, वक्तृत्वकलासम्बन्धी जनचेतनामूलक अभियान पनि हुने गरेको मनमोहन स्मृति बाल क्लबकी गङ्गा धमलाको भनाइ छ ।

बाल क्लबहरूको गाउँघरको सरसफाइ, जन्मदर्ता सङ्कलन, बाल विवाहबारे जनचेतना दिनु नै हो । समुदायस्तरमा रहेका आठ बाल क्लब र विद्यालयस्तरका दुईवटा बाल क्लबले सरसफाइ अभियान सञ्चालन गरेपछि स्थानीयवासी पनि यसको अनुसरण गर्न थालेको हात्तीमुडामा कार्यरत राष्ट्रिय सामुदायिक विकास विकास केन्द्रका नरोत्तम श्रेष्ठले बताउनुभयो ।

गाउँघरमा सरसफाइसहित बाल क्लबले क्षमता अभिवृद्धिका कार्यक्रम पनि गर्दै आएको छ । बालबालिकालाई बालभित्तेपत्रिका, उद्घोषण, किशोर–किशोरी शिक्षालगायतका तालिम पनि बालबालिकाले सञ्चालन गर्दै आएका छन् ।

बालबालिकाको क्षमता अभिवृद्धिका लागि गाविसले पनि रु दुई लाख ५० हजार बजेट छुट्याएको गाविसस्तरीय बाल क्लब सञ्जालका अध्यक्ष यशु धमलाले बताउनुभयो ।

प्रतिक्रिया