अग्निपीडितलाई राहत वितरण

इनेप्लिज २०७२ वैशाख ११ गते २:३० मा प्रकाशित

aaglagi1गाईघाट (उदयपुर), ११ वैशाख । उदयपुर जिल्लाको सोरुङछविसे–६ स्थित साङलेमा बुधबार आगलागी भई पाँच घर गुमाएका अग्निपीडितलाई बिहीबार राहत प्रदान गरिएको छ ।

अग्निपीडितलाई उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले प्रतिपरिवार रु पाँच हजार र चामल, कम्बल, कपडा, चाउचाउलगायत सामग्री वितरण गर्नुभएको हो ।

जिल्ला रेडक्रस सोसाइटी उदयपुर कटारी, उद्योग वाणिज्य सङ्घसहित व्यापारी, नागरिक समाज र जिल्ला प्रशासन कार्यालयले राहत सङ्कलन गरी वितरण गरेको हो ।

बुधबार जिल्लाको सोरुङ छबिसे–६ स्थित साङलेमा स्थानीय बमबहादुर गुर्बाछान मगरको गोठबाट सुरु भएको आगलागीबाट अन्य चार घर र दुईवटा गोठसमेत जल्दा रु १८ लाख बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया