सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०६:४४
वासिङटन डिसी 19:59

टेक्सासको ड्यालसमा २०० जनाले एकै दिन रक्तदान गर्ने !

इनेप्लिज २०७२ वैशाख १० गते १२:५० मा प्रकाशित

11111959_10152873188763481_5865371743416036361_n‘रक्त दान जीवन दान’ भन्ने मूल नाराको बारेमा जन चेतना जगाउने तथा रक्तदान कार्यक्रमको आयोजना गर्ने पबित्र उद्दश्यले सन् 2009 मा अमेरिकाको न्युयोर्कमा गठित “Blood Donor’s of America” को टेक्सास राज्य कमिटिको आयोजनामा टेक्सासको अर्भिंग सहरको नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (NCSC) भवनमा यहि शनिबार, अप्रिल २५, २०१५ मा ‘भब्य रक्त दान’ कार्यक्रमको आयोजना गरिएको छ।
गैर राजतिनिक, गैर जातीय, गैर मुनाफा मुलक संस्था का रुपमा गठित Blood Donor’s of America ले अमेरिकाका विभिन्न शहरहरुमा रक्तदान कार्यक्रम गर्नुका साथै नेपालमा पनि रक्तदान सम्बन्धि जन चेतना जगाउने विभिन्न खालका कार्यक्रमलाई आर्थिक सहयोग समेत प्रदान गर्दै आईरहेको छ। यस अघि टेक्सास राज्यको धेरै शहरमा रक्त दान आयोजना गरिसकेको यस संस्थाले यस पटक भने “Mega Blood Donation” कार्यक्रमको आयोजना गर्न लागेको हो।

उक्त दिन रक्त दान गर्नका लागि २०० जनाले आफ्नो नाम दर्ता गराई सकेको जानकारी संस्थाका टेक्सास अध्यक्ष बाशु श्रेष्ठले दिनुभयो। कार्यक्रममा सबै रक्त दाताहरुको लागि lunch को पनि व्यवस्था गरिएको जानकारी संस्थाका महासचिब लीला श्रेष्ठले दिनुभयो। उक्त कार्यक्रम बिहान १० बजे देखि सुरु भई बेलुका ५:२० बजे समापन हुने छ I

प्रतिक्रिया